प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१२-२४

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

निम्न:-

१. लागू औषध चरेश मुद्दामा ५ महिना १ दिन कैद सजाय र २,०००।– जरिवाना ठहर भएका. गोदावरी न.पा.२ बस्ने घुटुरे बुढा ।

२. सवारी ज्यान मुद्दमा रु.१,५००।– जरिवाना ठहर भएका जानकी गा.पा. ८ बस्ने हरीलाल चौधरी ।

३. लागु औषध मुद्दामा रु.१०,०००।– जरिवाना ठहर भएका टिकापुर न.पा. ४ बस्ने बिक्रम सिंह ठकुरी ।

४. सवारी जयान मुद्दमा .२,०००।– जरीवाना ठहर भएका टिकापुर न.पा. ३ बस्ने ज्ञानेन्द्र रावल ।

५. कञ्चनपुर:-  सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले जारी सम्बन्धी कसुर मुद्दामा १ महिना कैद सजाय रू १,०००।- जरिवाना ठहर भई फरार रहेका बेलडाँडी गा.पा. ३ खैरीघाट बस्ने नन्दा देवी रोकायालाई शुक्रबार ईलाका प्रहरी कार्यालय बेलाडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।


सम्बन्धित समाचार
आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१८

    कैलाली:- मिति २०८१।०१।१७ गते १६:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१९ बस्ने बुधराम डगौराको १ तले खरले छाएको कच्ची गोठमा सोही ठाउँ बस्ने नारायण दत्त रानाभाटले काटेको खेतको गहुँवालीको नलमा लगाएको आगोबाट आगलागी हुँदा गोठ र भित्र रहेको युरीया मल,खाद्यान्न,बोरिङ पाईप लगायतका सामनहरु गरी अन्दाजी रु. ५०,०००।–  बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको । प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।       कञ्चनपुर:- मिति २०८१।०१।१७ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१३ बस्ने नन्दराज जोशीको गाईगोठ नजिक चुलोमा बालेको आगोबाट हावाहुरिको कारण गाईगोठ र घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, कापि किताब, लत्ता कपडा, खटिया लगायतका सामानहरु गरी अन्दाजी रु. २,९०,०००।–  बराबरको धनमाल जलेर नष्ट भएको,  मानबिय तथा चौपाया क्षती नभएको । प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा आएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।   

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१७

    कैलाली:- जिल्ला कैलाली,  गोदावरी न.पा. १२ बस्ने लक्ष्मण वि.क. र श्याम वि.क. को दुईवटा गाँई गोठमा आईतबार दिउँसो अचानक आगलागी हुँदा गाई गोठ पुर्ण रुपमा जली अन्दाजी रु. ५,००,०००।– (पाँचलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       यसैगरी,  बजे लम्कीचुहा न.पा.५ तिलकपुर बस्ने जगती ढोली नेपालीको एक तले एक कोठे काठले बनेको खरले छाएको कच्ची भान्सा घरमा आईतबार साँझतिर अचानक आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यन्न,भाँडा,लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी रु. ९०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो, सोही आगलागीबाट संगै सटेर रहेको ऐ. बस्ने लक्ष्य ढोली नेपालीको दुई तले दुई कोठे काठले बनेको टिन जस्ता पाताले छाएको कच्ची गोठमा समेत आगलागी हुँदा गोठ भित्र रहेका पराल,फल्याक,चौखट लगायतका सामानहरु गरि अन्दाजी रु. ७०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो,  । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ४ बस्ने बिरेन्द्र बहादुर बिष्टको काठले बनेको घरमा आईतबार दिउँसो अचानक आगलागी हुँदा घर पुर्ण रुपमा जलि अन्दाजी रु.१,५०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       अछाम:- जिल्ला अछाम, ढकारी गा.पा.८ देवल बजार बस्ने परिलाल चौलागाईको ढुङ्गा माटो काठले बनेको खरले छाएको समशेर एण्ड प्रतिज्ञा कुखुरा पोल्टि फर्ममा त्रिपुरा सुन्दरी सामुदायिक वनमा लागेको आगोवाट आईतबार आगलागी हुँदा फर्ममा रहेका ४३ दिनका १,२०० वटा ब्रोईलर कुखुरा,२ क्विन्टल कुखुराको दाना,लत्ता कपडा र उक्त फर्म समेत पुर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१७

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ चटकपुर र DK पेट्रोलपम्प,ऐ.७ बेली बजार,टीकापुर न.पा.७ विस्णु कान्ति चोक स्थित भित्री सडक खण्ड र ऐ.९ झुँगा स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२१,४७०।–बराबरको प्याज,बिडी,सुर्ती,प्लाष्टिक झिल्ली,सुटपिस,सिद्रा माछा, ई-रिक्सा मिटर बक्स,नल्का को डोल्ची ,पाना बक्स, टि-सकेट,पलम्बु,सकेट,डिटिसि वाल,तरभुजा  लगायतका सामानहरु सोमबार प्रदेश प्रहरी कार्यालय धनगढी,जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।