प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट, गोदावरी न.पा. २ तेघरी पहाड रोडबाट र भजनी न.पा.३ कुसमघाटबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी,बिडी, सुर्ती,चक्लेट, चियापत्ती,खानेतेल,पानीपुरी,सुट कपडा लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६ ढक्काचादरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १९,०००।- बराबरको बोईलर कुखुरा शनिबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा नष्ट गरेको हो ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२३

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,६४,०००।– बराबरको विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९३,९००।– बराबरको चिनी, पेय पदार्थ, सुर्ति, प्लाष्टिक झिल्ली, बोइलर कुखुराका चल्ला लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।