प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

    बैतडी:- जिल्ला बैतडी, दशरथचन्द न.पा. ८ झुलाघाट नाकाबाट २०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.५ बस्ने बर्ष २२ को विरेन्द्र रावललाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । ईलाका प्रहरी कार्यालय झुलाघाट,बैतडीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०८-०८

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।०७ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. लागूऔषध चरेश मुद्दामा १ महिना ८ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.१० पहलमानपुर बस्ने बर्ष २३ को चक्र जैगडी  ।२. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, जानकी गा.पा. ७ गोलोरी बस्ने बर्ष २१ को शंकर चौधरी ।३. वहु-विवाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएकी जिल्ला कैलाली, टिकापुर न.पा. २ बिजयपुर बस्ने बर्ष २७ की मिना कुमारी चौधरी ।४. बैङ्किग कसुर मुद्दामा ३ दिन कैद सजाय र रु.१५,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली भजनी न.पा.०९ बस्ने बर्ष ३३ को बुधराम चौधरी ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-०६

    कैलाली:- मिति २०८२।०८।०५ गते १७:४० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ पुर्बलम्की स्थित माछापुछ्रे बैङक नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३८,८००।–बराबरको चिनी, सुर्ती लगायतका सामानहरु इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर:- मिति २०८२।०८।०५ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.९ बुद्धबिहार स्थित भित्रि सडकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८०,८८०।–बराबरको गहुँको विउ, हरियाली मल लगायतका समानहरु इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।