प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ पशुपती टोल स्थित हिरा नाथको कच्ची घरको भान्सा कोठा र गोठमा आईतबार बिहानतिर अचानक आगलागी हुँदा उक्त भान्सा कोठा र गोठभित्र रहेका भाडावर्तन,लत्ताकपडा अन्नपात लगायका सामानहरु गरी अन्दाजी रु.५,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो ।  आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलगी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    यसैगरी, कृष्णपुर न.पा. ४ किचाही स्थित भागरथी बिष्टको काठले बनेको गाई गोठमा आईतबार दिउँसो अचानक आगलागी हुँदा गोठभित्र रहेको एउटा बाख्राको जलेर मृत्यु भएको हो । उक्त आगलागीबाट अन्दाजी रु.६०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षती नभएको । उक्त आगलागी स्थानिय,प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    यसैगरी, बेल्डाडी गा.पा.-२ चन्दनबस्ती स्थित दले दमाईको घर नजिकै रहेको नहरको छेउमा बालेको आगोबाट निजको १ तले कच्ची घरमा आगो सल्किन गई आईतबार दिउँसो आगलागी हुँदा अन्दाजी रु.७०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०६

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.१ डाँडा बिच्छुवा स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८ ग्राम ९२३ मिलिग्राम सहित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० घुईयाघाट बस्ने वर्ष २४ को सागर चौधरी र वर्ष २३ को विना नन्द रानालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरुले प्रयोग गरेको से ७ प १४१६ नम्बरको मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरेको छ ।    यसैगरी, जिल्ला कञ्चनपुर भीमदत्त न.पा.१० गज्जर स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १५ ग्राम ६७० मिलिग्राम सहित सोही न.पा.६ ऐठपुर बस्ने वर्ष ४३ को महेश प्रसाद भट्ट र कृष्णपुर न.पा.२ बाणी बस्ने वर्ष ३१ को हेमराज जोशीलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ लागूऔषध सेवन तथा बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-०६

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६०,३००।– बराबरको सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,०५,६४०।– बराबरको खेलौना, भाँडा वर्तन, विभिन्न किसिमका कपडा, कस्मेटिक, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।