प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा दश जना पक्राउ

२०८०-१२-२७

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.११ घोडसुवा स्थित सोही ठाँउ बस्ने बर्ष ५८ को रामशरण रानाले संचालन गरेको ग्रिन पिस कटेजबाट जुवातास खेलिरहेको अवस्थामा कटेज संचालक सहित दश जना मानिसहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त कटेजमा चेकजाँच गर्दा उनिहरुलाई नगद रु.५८,१९०।- र ३ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१३

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ खानेपानी कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४०० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २६ को संजय नेपाली समेत ५ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित जानकी सामुदायिक बन क्षेत्र भित्र लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ७ ग्राम १९० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३४ को अनिल राना र वर्ष २२ को हरि राम रानालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार राति सु.प.प्र.०१-००९ प ९८०३ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.३ बलराम टोलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ६७० मिलिग्राम सहित बेलौरी न.पा.९ अण्डैया बस्ने वर्ष २६ को दिनेश डगौरालाई प्रहरी चौकी झिलमिला, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।