प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८०-१२-२९

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.५ खजुवा बस्ने बिर बहादुर रतुकीको काठले बनेको कच्ची गोठ र गोठसंगै जोडिएको कच्ची भान्सा कोठामा बुधबार राती अचानक आगलागी हुँदा गोठका साथै भान्छा कोठामा रहेका अन्नपात लगायतका सामानहरु गरि अन्दाजी रु. १,५०,०००।-( एक लाख पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट गोठमा रहेका एकवटा भैंसी र एकवटा गाईको बाच्छीको जलेर मृत्यु भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-२९

    कैलाली:- मिति २०८२।०७।२८ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलनचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९१,०००।–बराबरको साडी, सुटपिस, कुर्ति, धोती, सल, बेल्ट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:-मिति २०८२।०७।२९ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८२,६००।–बराबरको कष्मेटिक, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      बैतडी:- मिति २०८२।०७।२९ गते जिल्ला बैतडी, दशरथचन्द न.पा.६ स्थित घुमापिपलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०४,४००।–बराबरको बिडी, मोटसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२९

     कैलाली:- मिति २०८२।०७।२८ गते १६:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, भजनी न.पा.३ कुसमघाट स्थित सु.प.प्र.०१-००९ प ३५११ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ.लम्किचुहा न.पा.१ थकालीपुर बस्ने बर्ष १९ को रिजन मगर र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २२ को आकाश चौधरीको साथबाट ५ ग्राम ४२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनी, कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     यसैगरी, मिति २०८२।०७।२८ गते १८:१५ बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.६ बागमारबाट  ऐ. पिपरकोटि बस्ने बर्ष २९ को कमल जैसि र बर्ष २६ को लक्ष्मण बोहरालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट  १५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी,  मिति २०८२।०७।२८ गते २२:०० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटा स्थित से ६ प ७५९४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ. गोदावरी न.पा.५ गेटा बस्ने बर्ष २० को बिजय बिष्ट र मोटरसाइकल पछाडी सवार ऐ. १ बिजौरा बस्ने बर्ष २५ को राज चौधरीको साथबाट ५ ग्राम ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुर र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

फरार प्रतिवादी पक्राउ
२०८२-०७-२८

     अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८२।०४।३० गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ३ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको जिल्ला अछाम, मेल्लेख गा.पा.२ बस्ने मने धामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२७ गते जिल्ला अछाम, मंगलसैन न.पा.५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको  ।        डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बाल यौन दुर्ब्यवहार मुद्दामा ४ महिना १६ दिन कैद सजाय र रु.३०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, परशुराम न.पा.४ कटाल बस्ने बर्ष २२ को प्रेम बहादुर बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२७ गते निजकै घर ठेगानाबाट बाट पक्राउ गरेको  ।           

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-२७

     कैलाली:-  मिति २०८२।०७।२६ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलन चोक स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६४,०००।–बराबरको सुटपिस, स्विटर लगायतका सामानहरु वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:-  मिति २०८२।०७।२६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३ भासी, ऐ.४ बसपार्क, ऐ. १५ गोबरिया र दोधारा चाँदनी न.पा. ८ शिब मन्दिर स्थित सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,११,०००।– बराबरको चिनी, मिश्री, नल्काको समान, माछा, मोटरसाइकल थान-१  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      डडेल्धुरा:-  मिति २०८२।०७।२६ गते २१:४५ बजेको समयमा जिल्ला डडेल्धुरा, परशुराम न.पा.३ शिर्षबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२७,०००।–बराबरको बिडी इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।