प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखबाट लडेर मृत्यु

२०८०-१२-२९

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ बसन्तपुर बस्ने अन्दाजी बर्ष ६० की अहिला देबि बिष्ट मिति २०८०।१२।२८ गतेको दिउँसोतिर आफ्नै घर नजिक रहेको कुसुमको रुखमा घास काट्ने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मिति २०८०/१२/२९ गतेको बिहान अन्दाजी ०२:०० बजेतिर मृत्यु भएको हो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय झलारीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।