प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८०-१२-३०

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ देवरियाबाट १ ग्राम १६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २२ को सेवा चौधरीलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी,आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा ३ को मृत्यु १२ घाईते
२०८२-०७-०३

     कैलाली:- मिति २०८२।०७।०२ गते १३:०० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ धोबेनी खोला स्थित जिल्ला कैलाली बर्दगोरिया गाउँपालिका वडा नं.०४ बाट मलामि बोकेर चिसापानी तर्फ जादै गरेको जि.कैलाली बर्दगोरिया गाउँपलिका वडा नं.०४ बस्ने देब बहादुर बोहराले चलाएको सु.प.प्र.००२ त ४९९१ नं.ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा तिन जनाको उपचारको क्रममा मृत्यु भएको र १२ जना घाईते भएको । मृत्यु हुनेमा जिल्ला कैलाली बर्दगोरीया गाउँपालिका वडा नं.०४ बस्ने बर्ष ६४ को दान बहादुर साउँद, सोहि ठाँउ बस्ने बर्ष ३७ को हर्क बहादुर साउँद र बर्ष १६ को सितल साउँद रहेका । अन्य घाइतेहरुको  कैलाली स्थित लालरत्न अस्पताल लम्कीमा उपचार भईरहेको

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-०१

     कैलाली:- मिति २०८२।०६।३१ गते जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. ९ त्रिवेणी घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. २८,५२०।– बराबरको सुर्ती, बिडी, सलाई, ब्लेड, सुट, जुत्ता, चप्पल, मैदा लगायतका सामनाहरु अस्थाइ प्रहरी पोष्ट शान्तीनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:- मिति २०८२।०६।३१ गते जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं.-६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. १७,५००।– बराबरको माछा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।