प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लडेर मानिसको मृत्यु

२०८०-१२-३०

  • A
  • A-
  • A+
Share

   डोटी:- जिल्ला डोटी, आदर्श गा.पा.२ कारिया टोल स्थित सडक खण्डबाट अन्दाजी १२ फिट तल खसेर ऐ.२ मौवा बस्ने बर्ष ३२ को लोग बि.क.को शुक्रबार दिउँसो मृत्यु भएको हो । निज लडेर घाईते भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आदर्श डोटीबाट प्रहरी टोली खटिई निजको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटीमा पुर्याई डाक्टरले चेकजांच गर्दा मृत घोषणा गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।