प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-०१

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ राधास्वामी नजिकबाट ६०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २८ को प्यारे लाल रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी,आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०९-१५

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।१४ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१.    लागूऔषध मुद्दामा ९ महिना कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ५ बस्ने बर्ष २६ को बिराट रावल ।२.    सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.१० पहलमानपुर बस्ने दिपक प्रसाद चौधरी । ३.     सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने बिजय आचार्य । ४.     सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, भजनी न.पा.१ कुडी बस्ने पंचराम डगौरा ।५.     सवारी ज्यान मुद्दामा १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने नमराज चापागाई ।       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।२२ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ५ बर्ष ११ महिना २८ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.४ बस्ने बर्ष २४ को दिपक बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१४  गते पक्राउ गरेको ।    

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१५

   कैलाली:-  मिति २०८२।०९।१४ गते १४:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बडराबाट ऐ.१३ बस्ने बर्ष २८ को मनोज राना र ऐ. बस्ने १८ वर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ७३०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, निजहरुले प्रयोग गरेको से ५ प ३५६ नम्बरको मोटरसाइकल सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    यसैगरी,  मिति २०८२।०९।१४ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.८ सत्तीपुल स्थित सु.प.प्र. ०२-००४ प १९८८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला बर्दिया, गेरुवा गा.पा.५ बस्ने बर्ष ३६ को दिवाकर रैसालको साथबाट १ ग्राम ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।