प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-०२

  • A
  • A-
  • A+
Share

     डोटी:- जिल्ला डोटी,बडिकेदार गा.पा.२ कोटकेनी स्थित टेक बहादुर मगरको १ तले खरले छाएको कच्ची भान्सा घर भित्र चुलोमा बालेको आगोबाट शनिबार बिहान अचानक आगलागी हुंदा भान्सा घर र भित्र रहेका भाँडावर्तन,अन्नपात गरि अन्दाजी रु. ५०,०००।– (पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।                   


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२३

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,६४,०००।– बराबरको विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९३,९००।– बराबरको चिनी, पेय पदार्थ, सुर्ति, प्लाष्टिक झिल्ली, बोइलर कुखुराका चल्ला लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।