थ्रेसरमा परी मानिसको मृत्यु
२०८१-०१-०३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ मटैना निङलासैनी टोल स्थित सोही ठाँउ बस्ने प्रमानन्द जोशीको श्रीमती बर्ष अन्दाजी ४२ की कौशा देबी जोशीको आईतबार दिउँसो थ्रेसर जोडेको ट्याक्टरमा गहुँ चुट्ने क्रममा थ्रेसर भित्र हात परी च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । निजको घट्नास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट प्रहरी टोली खटिई गई ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।