प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०१-०४

  • A
  • A-
  • A+
Share

   कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो । 

  निम्न:-

१. चोरी मुद्दामा रु.४,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.१ बस्ने बर्ष २२ को दिनेश वि.क. ।  

२. कुटपिट मुद्दामा रु.५,००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ४५ को चन्द्र प्रकाश कोइराला ।  

३. कुटपिट मुद्दामा रु.५,००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ३४ को जगत प्रकाश कोईराला ।  

४. बन मुद्दामा रु.१,८००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ६० को रतन लाल सार्की ।   

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-०६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ लल्लिपुर घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बोइलर कुखुरा शनिबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी स्थानिय, जनप्रतिनिधिको रहोवरमा नष्ट गरेको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,५००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ति, दाल, सरप, चक्लेट, सेतो समेन्ट, फ्रिज थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

फरार प्रतिबादी पक्राउ
२०८३-०८-०५

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा.४ बस्ने वर्ष २२ को खेमराज जैशीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।      बझाङ :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७८।०९।१३ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएको बुंगल न.पा.४ बस्ने वर्ष ५३ को राम बहादुर कुँवरलाई अस्थायी प्रहरी पोष्ट बिजगडा, बझाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो ऐ. बिजगडा बजारबाट पक्राउ गरेको छ ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०१।११ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको शुक्लाफाँटा न.पा.११ कलुवापुर बस्ने वर्ष २७ को हरिश भट्टलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो  सोही न.पा.५ खजुवाबाट पक्राउ गरेको छ ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-०५

     कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.१ भरुवाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ४८० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३० को हिमाल खत्रीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ पैदल हिडिरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली जानकी गा.पा.७ जवलपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ५८० मिलिग्राम सहित सोही न.पा.२ बस्ने वर्ष ३० को रमेश मगर र लम्कीचुहा न.पा.१ बस्ने वर्ष २६ को कमल चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति पैदल हिडिरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।