प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस मृत्त अबस्थामा फेला

२०८१-०१-०४

  • A
  • A-
  • A+
Share

   बझाङ:- जिल्ला बझाङ, खप्तडछान्ना गा.पा.६ पुजारीगाँउ बस्ने बर्ष अन्दाजी ५५ को जगत बहादुर खड्का सोही ठाँउ स्थित आफ्नै भतिजा नाता पर्ने गोरख बहादुर खड्काको घरको ग्यालरीमा सोमबार दिउँसो मृत अबस्थामा फेला परेका हुन । निज मृत्त अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।