प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०१-०६

  • A
  • A-
  • A+
Share

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट,ऐ.३ ब्यारेल नजिकबाट, ऐ.९ बाङ्ग्राकटानबाट र ऐ.१३ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३४,४६०।–बराबरको प्याज,लेडिज कुर्ती,सारी,सुर्ती,लेडिज कुर्ता सुरुवाल,चिनी,प्लाष्टिकको खेलौना,नमकिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      

        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ बनगाँउ र ९ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,४००।- बराबरको चिनी,दाल,खानेतेल,पास्ता लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय ब्रहमदेव र अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८२-०७-२८

     अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८२।०४।३० गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ३ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको जिल्ला अछाम, मेल्लेख गा.पा.२ बस्ने मने धामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२७ गते जिल्ला अछाम, मंगलसैन न.पा.५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको  ।        डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बाल यौन दुर्ब्यवहार मुद्दामा ४ महिना १६ दिन कैद सजाय र रु.३०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, परशुराम न.पा.४ कटाल बस्ने बर्ष २२ को प्रेम बहादुर बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२७ गते निजकै घर ठेगानाबाट बाट पक्राउ गरेको  ।           

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-२७

     कैलाली:-  मिति २०८२।०७।२६ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलन चोक स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६४,०००।–बराबरको सुटपिस, स्विटर लगायतका सामानहरु वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:-  मिति २०८२।०७।२६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३ भासी, ऐ.४ बसपार्क, ऐ. १५ गोबरिया र दोधारा चाँदनी न.पा. ८ शिब मन्दिर स्थित सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,११,०००।– बराबरको चिनी, मिश्री, नल्काको समान, माछा, मोटरसाइकल थान-१  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      डडेल्धुरा:-  मिति २०८२।०७।२६ गते २१:४५ बजेको समयमा जिल्ला डडेल्धुरा, परशुराम न.पा.३ शिर्षबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२७,०००।–बराबरको बिडी इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।