प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्णाली नदीमा बगेर बेपत्ता

२०८१-०१-०७

  • A
  • A-
  • A+
Share

     बाजुरा:- जिल्ला बाजुरा, जगन्नाथ गा.पा.२ बस्केना बस्ने नन्द बहादुर शाहको छोरी अन्दाजी बर्ष १५ की सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी अन्दाजी बर्ष १३ की सन्जु कुमारी शाही बिहीबार दिउँसो ऐ.नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका हुन । निज दुबै जना बालिका बगी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई गई बुझ्दा निजहरु सहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकालाई सकुशल उद्दार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका बालिकाहरुको प्रहरीले खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।