प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०१-०८

  • A
  • A-
  • A+
Share

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ बसन्तटोल,ऐ.२ ट्राफिक चौराह नजिकबाट र ऐ.५ उत्तरवेहडी चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,९००।–बराबरको प्याज,चिनी,प्लाष्टिक झिल्ली,जिरा,लेडिज सुट लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.४ घ गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३२,०००।–बराबरको प्याज,चिनी,सुर्ती,मिठाई,सुपारी,प्लाष्टिक डोरी,लगायतका सामानहरु शुक्रबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१७

    कैलाली:- मिति २०८२।१०।१६ गते २२:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुरबाट सोही ठाउँ बस्ने ३२ को राज कुमार राना र १७ बर्षिय किशोरलाई चेकजाँच गर्दा निजहरुको साथबाट १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         कञ्चनपुर:-  मिति २०८२।१०।१६ गते १५:३० बजेको समयमा लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ भगतपुर बस्ने बर्ष २५ को प्रभुराज हमालको घर कोठा खानतलासी गर्दा निजले घर कोठामा लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ७७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, PREGA75 क्याप्सुल थान २० र ANTIKOF ट्याब्लेट थान २९ प्रतिवन्धित लागूऔषध  समेत फेला पारी उक्त लागूऔषध सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ
२०८२-१०-१६

    अछाम:- मिति २०८२।१०। १५ गते १६:५० बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.४ छिपेखोला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी जिल्ला पर्सा, पकाहा मैनपुर गा.पा. ५ बस्ने बर्ष ३१ को उमेश रायले जिल्ला अछाम, साँफेबगर न.पा.५ नौंठाना बस्ने बर्ष ४० की सत्यदेवी कुँवरको घाटीमा लगाएको १२.१७ ग्रामको सुनको सिक्रि चोरी गर्ने क्रममा निज उमेश रायलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अबैध लागूऔषध सहित १० जना मानिस नियन्त्रणमा
२०८२-१०-१६

     कञ्चनपुर:-  मिति २०८२।१०।१५  गते २१:०० बजेको समयमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१३ बडैपुर स्थित खर प्लाष्टिक र काठबाट बनेको खाली झुपडीबाट सोही ठाउँ बस्ने बर्ष २४ को प्रदिप लुहार समेत १० जनालाई उक्त झुपडीको कोठा भित्र बसी लागूऔषध सेवन तथा कारोबार गरि रहेको अवस्थामा फेला पारि निजहरुको शरिर तथा झुपडी खानतलासी गर्दा ११.३७ (एघार दशमलव सैतिस) ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ५ वटा प्रतिवन्धित क्याप्सुल र लागूऔषधमा प्रयोग हुने अन्य सामानहरु सहित फेला पारी उक्त लागूऔषध र सामानहरु सहित निजहरु दश जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।