प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०१-०८

  • A
  • A-
  • A+
Share

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ बसन्तटोल,ऐ.२ ट्राफिक चौराह नजिकबाट र ऐ.५ उत्तरवेहडी चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,९००।–बराबरको प्याज,चिनी,प्लाष्टिक झिल्ली,जिरा,लेडिज सुट लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.४ घ गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३२,०००।–बराबरको प्याज,चिनी,सुर्ती,मिठाई,सुपारी,प्लाष्टिक डोरी,लगायतका सामानहरु शुक्रबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित २ जना मानिस पक्राउ
२०८३-०६-२१

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डको वनदेवि मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,०३,६००।- ( तेह्रलाख तिन हजार छ सय ) बराबरको लेडिज/जेन्स जुत्ता, से १ च ३१९ नम्वरको महेन्द्रा पिकअप जिप सहित चालक बेलौरी न.पा.४ रिछा बस्ने वर्ष ३८ को कुशल चौधरी र सवारी धनी बेलौरी न.पा.६ हात्तीबोझा बस्ने वर्ष ४२ को श्याम सिह रावतलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।          यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८०,०००।– बराबरको विभिन्न किसिमका आयुर्बेदिक औषधी लगायतका सामानहरु मंगलबार राति वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ३४,३५०।– बराबरको पेय पदार्थ, चक्लेट, नमकिन, विभिन्न किसिमका भाँडा वर्तन लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२०

    कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ७८० मिलिग्राम सहित लम्कीचुहा न.पा.१ बस्ने वर्ष २६ को बिशाल विष्ट, ऐ.२ बस्ने वर्ष ३४ को राम बहादुर शाही र ऐ.५ बस्ने वर्ष २१ को बिज्ञान भण्डारीलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ सु.प.प्र.०१-०११ प ६७१४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरु तिनै जनालाई पक्राउ गरेको छ ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा रानागाउँबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को सुरेश रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिबादी पक्राउ
२०८३-०६-२०

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०६।१९ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।– ( एक हजार ) जरिवाना तोकिएको गोदावरी न.पा. १ बस्ने वर्ष ३५ को बिनित बढु ।चोरी मुद्दामा १ बर्ष ६ महिना कैद सजाय र रु.६०,०००।– ( साठी हजार ) जरिवाना तोकिएको घोडाघोडी न.पा.२ साडेपानी बस्ने वर्ष २८ को अर्जुन बिष्ट ।   अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८२।१२।१६  गतेको फैसलाले बन्यजन्तु अबैध शिकार मुद्दामा १ महिना कैद सजाय र रु.५,०००।- (पाँच हजार) जरिवाना तोकिएको बान्निगढी जयगढ गा.पा.६ बस्ने वर्ष ३६ को जयन्द्र शाहलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।