प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा १३ जना पक्राउ

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:-जिल्ला कञ्चनपुर,बेलौरी न.पा.६ हात्तीबोझा बस्ने बर्ष ४६ को मण्डी बडायकले सोही ठाँउ स्थित सञ्चालन गरेको नास्ता पसलको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा निज सञ्चालक सहित आठ जना मानिसहरुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त नास्ता पसलमा चेकजाँच गर्दा उनिहरुलाई नगद रु.११,५१०।– र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     कैलाली:-जिल्ला कैलाली, गोदावरी न.पा.१ बस्ने बर्ष ४२ को करन चन्दले ऐ.धनगढी रोड स्थित सञ्चालन गरेको रेड्सन प्लाजाको दोस्रो तलाको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा निज सञ्चालक सहित पाँच जना मानिसहरुलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुलाई नगद रु.१,५५,२००।– ,५ गड्डी तास र NMB Bank को खाली चेक पाना थान-३ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
सवारी दुर्घटनामा मृत्यु
२०८१-०१-२३

   डडेल्धुरा:- मिति २०८१।०१।२२ गते २२:३० बजेको समयमा जिल्ला डडेल्धुरा, नवदुर्गा गा.पा.४ सिरुडा स्थित भित्री सडक खण्डमा बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सन प्रा.लि.को क्याम्प तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००१ क ९६५१ नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खसेर चालक जिल्ला धादिङ गजुरी गा.पा. ७ बस्ने बर्ष अन्दाजी ४० को धिरज थापामगर र ऐ. रोडाङ गा.पा. बस्ने बर्ष अन्दाजी २७ को बिष्णु बि.क. को उपचारको क्रममा डडेल्धुरा अस्पताल डडेल्धुरामा मृत्यु भएको, दुर्घटनामा घाईते भएका जिल्ला धादिङ, रोडाङ गा.पा. बस्ने बर्ष अन्दाजी ३१ को सुदिप बि.क र जिल्ला, डडेल्धुरा नवदुर्गा गा.पा. ४ बस्ने बर्ष अन्दाजी २८ को हिक्मत बि.क.को डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको, अवस्था मध्यम ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-२३

   बाजुरा:- मिति २०८१।०१।२२ गते १३:१० बजेको समयमा जिल्ला बाजुरा, स्वामीकार्तीक खापर गा.पा.३ बस्ने अम्मर कट्टेलको ढुङ्गा माटोले बनेको खरले छाएको ३ तले ९ कोठे कच्ची घर, पवन कट्टेलको ढुङ्गा माटोले बनेको खरले छाएको गाईवस्तु बाध्ने २ तले गोठ र गौरी कट्टेल समेतको घरमा आगलागी हुँदा घर र गाईगोठ भित्र रहेका खाद्यान्न, लत्ताकपडा,भाडा बर्तन, काठ लगायतका सामानहरु जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, क्षतीको एकिन विवरण आउन वाँकि रहेको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।   

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-२३

   कैलाली:- मिति २०८१।०१।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१० चकमेलीघाट, ऐ. १५ कनरी र टीकापुर न.पा.१ नयाँबस्ती स्थित भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,५४०।– बराबरको प्राउन, पेय पदार्थ, बोईलर कुखुरा, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको  ।   कञ्चनपुर:- मिति २०८१।०१।२२ गते०६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ४ “घ” गाँउ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,६००।–बराबरको पेय पदार्थ,बोईलर कुखुरा, माछा लगायतका सामानहरु इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको  ।

अबैंध भन्सार छलीका सामान सहित मानिस नियन्त्रणमा
२०८१-०१-२३

धनगढी, २३ बैशाख ।कैलाली:- मिति २०८१।०१।२३ गते १२:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ ओमशान्ती टोलमा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामानहरु लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले देश भारत, जिल्ला लखिमपुर खिरी स्थायी घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ ओमशान्ती टोल स्थित कोठा गरी बस्ने बर्ष २३ को आयुष गुप्ताको कोठामा चेकजाँच गर्दा SAMSUNG सादा सेट- ५८ थान, NOKIA सादा सेट -५२ थान, GLASS -२६ पाकेट, विभिन्न कम्पनिको CAMERA GLASS- ३२८ पीस, चार्जर कनेक्टर- २ रोल, OCEA सेट -९ बण्डल, सादा सेट DISPLAY -३७९ पीस, सादा सेटको हाउजिङ -२१ पीस, सिमकार्ड ट्रे -२८० पीस,रिपेयरिङ म्याट -४ पीस, मोवाईल पार्टस- ६ डिब्बा,मोवाइल फोल्डर -३३९ पीस सहित अन्दाजी मूल्य रु.५,३२,८१०।- बराबरको मोबायलका सामानहरु फेला पारी नियन्त्रणमा लिएको । उल्लेखित सामान र मानिसलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको ।