प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.५ मैनाह स्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरी तर्फ आउदै गरेको से.२ त.२२५४ नम्बरको पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिन गई ट्याक्टर चालक ऐ.लालझाडी गा.पा. ६ चान्देउ बस्ने अन्दाजी बर्ष ३५ को सुरेश चौधरीको शनिबार राती सोही ट्याक्टर मुनि च्यापिई घटनास्थलमै मृत्यु भएको हो ।  निजको ट्याक्टर मुनि च्यापिई घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट प्रहरी टोली खटिई गई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-३०

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिग सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ३५० मिलिग्राम सहित सोही न.पा.१० बस्ने वर्ष २२ को बिरेन्द्र बहादुर ऐर र वर्ष २५ को राम बहादुर चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२९

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ तिल्के ताल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६१,८००।– बराबरको मिठाइमा प्रयोग हुने सामान, दुध पाउडर लगायतका सामानहरु शनिबार वेलुकी प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.३ रामबस्तीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५२,८५०।– बराबरको पेय पदार्थ, विस्कुट, चक्लेट, फलफुल, तरकारी, सरप, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले वेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।