प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०१-१०

  • A
  • A-
  • A+
Share

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहडी, टिकापुर न.पा.७ डाँडाबोझी, भजनी न.पा.३ कांडा र कैलारी गा.पा. ७ झोलुङगे पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१७,३००।–बराबरको प्याज,चिनी,बिडी,सुर्ती,खाने तेल,पेय पदार्थ,प्लाष्टिक झिल्ली लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

   यसैगरी, धनगढी उ.म.न.पा.८ धनगढी गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याउदै गरेको अन्दाजी मूल्य रु.२,८१,५१०।–बराबरको ३७ कुण्डल १७ के.जी. गहुँ र गोरु समेत डल्लव थान- ४ सहित जिल्ला लखिमपुर खिरी गौरीफण्टा ग्राम कजरिया भारत बस्ने बर्ष ३५ को राम शरण राना समेत तीन जना भारतिय नागरिकलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित गहुँ,गोरु सहित डल्लव र मानिसलाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो । 


सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०६-१६

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.७ हजारा स्थित सोही ठाउँ बस्ने वर्ष ४० को हरिश साउँदले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,०५,६००।- ( तिन लाख पाँच हजार छ सय ) बराबरको नरिवल पाउडर, मिल्क केक, मिठाई, सोन पापडी, नमकिन, प्लाष्टिक झोला, रब्बरको कट्टा, रसभरी मिठाई, पुजा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो आवश्यक प्रक्रिया पुरा गरी उक्त सामान सहित निजलाई नियन्त्रणमा लिएको छ ।    यसैगरी, कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,०००।– बराबरको पेय पदार्थ, हार्डवेयर लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।