आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१०
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा, बडिमालिका न.पा.१ नुवाकोट बस्ने आनन्द लुहार र जयबिरे लुहारको ढुंगा,सिमेन्ट र टिनले छाएका २ तले ४ कोठे २ वटा घरमा आईतबार दिउँसो आगलागी हुँदा घर र घर भित्र रहेका लत्ताकपडा,अन्नपात,भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानविय र चौपाया क्षेती केहि नभएको । आगलागीबाट भएको क्षेतीको बिबरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ ।