प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-२३

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८२।०३।२२ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.९ पाताभार स्थित निजकै घर ठेगानाबाट बर्ष २१ को जनक बोगटीलाई लागूऔषध सेबन गरिरहेको अवस्थामा फेला पारी घर कोठा खानतलासी गर्दा ११४ मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

     कञ्चनपुर:- मिति २०८२।०३।२२ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोके बजार स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा से ७ प ८८५ मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, धनगढी उ.प.म.न.पा.५ शिवनगर बस्ने वर्ष ३३ को ईन्द्र ध्वज बमको साथबाट ७०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।