प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान बरामद

२०८१-०१-११

  • A
  • A-
  • A+
Share

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चोक नजिकबाट,ऐ.७ कालिका चोक, गोदावरी न.पा.३ चौकीडाँडा र टिकापुर न.पा. ९ खैरिपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,११,७४५।–बराबरको प्याज,चिनी,सुर्ती, प्लाष्टिक झिल्ली,पेय पदार्थ,कुर्ता सुरवाल,धोती,कुर्ती सेट,थान कपडा,जुत्ता,मोटरसाईकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ बनगाँउ,ऐ.१० जिमुवा जाने बाटोबाट र तिनताराबाट र पुनर्वास न.पा. ४ कार्गिलडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४७,००४।–बराबरको प्याज,चिनी,मिश्री,चामल,जिरा,मटर,तरकारी,हार्डवेयरका सामान,बिजुलीका सामान,बच्चाको कपडा,कुर्ती,लेडिज टिसर्ट,जुत्ती,चप्पल लगायत बोईलर कुखुरा समेत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०४

     कैलाली:- मिति २०८२।०९।०३ गते १९:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।–बराबरको प्याज, चिनी, सरप, सुटपिस, सुटपिस लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:- मिति २०८२।०९।०३ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.५ झिलमिलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,८००।–बराबरको सल, सुटपिस, कुर्था सुरवाल, टि-सर्ट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

फरार प्रतिबादी पक्राउ
२०८२-०९-०३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाटा १२ राष्‍टीय निकुन्ज बस्ने मान बहादुर रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०२  गते पक्राउ गरेको ।       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५१।०९।०५ गतेको फैसलाले बन मुद्दामा ३ महिना कैद सजाय र रु.५,१४४।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ गुलरिया बस्ने बर्ष ७२ को कर्ण देव धिक्तलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२५ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।      

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०२

     कैलाली:-  मिति २०८२।०९।०१  गते १३:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट ऐ.१ ब्लक नम्वर १२ बस्ने बर्ष २१ को सुरेन्द्र थ्यायतलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी,  मिति २०८२।०९।०१  गते १८:४० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ भुरुवा स्थित भित्री सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष १९ को करन नेपालिलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी,  मिति २०८२।०९।०१  गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित सडकखण्डबाट ऐ.३ कटानपुर बस्ने बर्ष २० को बिशाल बि.क.लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १०० लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।