प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान बरामद

२०८१-०१-११

  • A
  • A-
  • A+
Share

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चोक नजिकबाट,ऐ.७ कालिका चोक, गोदावरी न.पा.३ चौकीडाँडा र टिकापुर न.पा. ९ खैरिपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,११,७४५।–बराबरको प्याज,चिनी,सुर्ती, प्लाष्टिक झिल्ली,पेय पदार्थ,कुर्ता सुरवाल,धोती,कुर्ती सेट,थान कपडा,जुत्ता,मोटरसाईकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ बनगाँउ,ऐ.१० जिमुवा जाने बाटोबाट र तिनताराबाट र पुनर्वास न.पा. ४ कार्गिलडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४७,००४।–बराबरको प्याज,चिनी,मिश्री,चामल,जिरा,मटर,तरकारी,हार्डवेयरका सामान,बिजुलीका सामान,बच्चाको कपडा,कुर्ती,लेडिज टिसर्ट,जुत्ती,चप्पल लगायत बोईलर कुखुरा समेत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०८

      कैलाली, गोदावरी नगरपालिका-१ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ८० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-७ क्याम्पसरोड बस्ने ३१ वर्षीय हितेश साहुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ कटान जानकी टोलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ११० मिलिग्राम सहित सोही न.पा.३ भाषी बस्ने १८ वर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.७ बरैया स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३५० मिलिग्राम सहित शुक्लाफाँटा न.पा.९ नौखरी बस्ने वर्ष २६ को विक्रम डगौरा र ऐ. १० बस्ने वर्ष २२ को महेश चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरुले प्रयोग गरेको शु.न.पा.ह ४० नम्वरको अटो सहित दुवै जनालाई पक्राउ गरेको छ ।