प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०१-११

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

     निम्न:-

१. बिना ईजाजत बन पैदावार ओसार पसार मुद्दामा १२ महिना कैद सजाय र रु. ४,९४८।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ११ बस्ने बर्ष ३० को सन्तरी राना ।

२. चोरी मुद्दामा ६ महिना कैद सजाय र रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष ३० को पद्दुलाल चौधरी ।

३. बन सम्बन्धी मुद्दामा रु.१,४५,०००।- जरिवाना ठहर भएका भजनी न.पा.८ बस्ने बर्ष ३२ को रमेश चौधरी ।


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१९

     कैलाली:- मिति २०८२।०८।१८ गते १९:०० बजेको समयमा लागूऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गौरीगंगा न.पा.८ बढैपुर बजारबाट ऐ. गिधनिया बस्ने बर्ष २९ को मनोज बस्नेतलाई चेकजाँच गर्दा निजको साथबाट १२ ग्राम ७५ मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, निजले प्रयोग गरेको स्कुटी थान-१, लागूऔषध तौल गर्ने तराजु थान-१, निजले प्रयोग गरेको मोबाइल थान-३ र नगद रु.५,९५५।– समेत फेला पारी उक्त पदार्थ, नगद र समानहरु सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-१८

     कञ्चनपुर:-  मिति २०८२।०८।१७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क,२ नम्वर गल्ली र ऐ.१० सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,६८,३५४।– बराबरको आईफोन कभर, बेलुन, झालर, हल्दि सेट, पाउडर, गिफ्ट पेपर, कलर गन, अन्न परासन, जुत्ता, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कैलाली:- मिति २०८२।०८।१७ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ जसबहादुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३५,०००।–बराबरको बिडी इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।