प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान बरामद

२०८१-०१-१२

  • A
  • A-
  • A+
Share

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहडी नजिकबाट,ऐ.३ पुरवार पेट्रोल पम्प नजिकबाट, ऐ.९ त्रिवेणीघाट,ऐ.१२ खप्तड ईटा भट्टा नजिकबाट,ऐ.१५ कनरी बजारबाट, घोडाघोडी न.पा.७ भजनी सुखड भित्री सडक खण्डबाट, टिकापुर न.पा.८ बटनपुर र भजनी न.पा.५ कव्वाखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,७४,८१७।–बराबरको प्याज,चिनी,सुर्ती, नरिवल,बिस्कुट,प्लाष्टिक झिल्ली,पेय पदार्थ,सुट पिस,पानीपुरी,चक्लेट,बेसनको पिठो, आरा मेसिनको चेन लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ सुकासाल,ऐ.१७ मझगाउँ,बेलौरी न.पा.१ फटैया, ऐ.२ बैजुडाडा र बन्दातालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०९,९८०।–बराबरको प्याज,चिनी,दाल,हरियो केराउ,मोबिल,पेय पदार्थ, माछा, साईकल थान-३ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

     यसैगरी, बेलौरी न.पा.८ कलकत्ताबाट अबैध रुपमा भारतरबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूल्य रु.१४,५०,०००।–(चौध लाख पचाँस हजार) बराबरको २०० क्विन्टल गहुँ र ट्याक्टरको ट्राली थान- २ मंगलबार ईलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित गहुँ र ट्राली आवश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-१२-०१

       कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष २३ को सागर पार्कीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।११।३० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।      कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०३।१७ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ३ वर्ष कैद सजाय र रु.७,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष बर्ष २० को दिपेन्द्र रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।११।३०  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०१

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढी गाउबाट १ ग्राम ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित देश भारत लखिमपुर खिरी पलिया बस्ने बर्ष २२ को राजन गुप्तालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।         यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा.११ गौडीबजार स्थित सोही ठाउँ वस्ने वर्ष ३४ को लोकेन्द्र कठायतले सञ्चालन गरेको खुद्रा पसलमा लागूऔषधको सेवन तथा कारोवार भइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा पसल तथा निजलाई खानतलासी गर्दा ६७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको र  सोही खुद्रा पसलमा सोही ठाउँ बस्ने बर्ष २१ को केशब नेपाली समेत लागूऔषध सेवन गरिरहेको अवस्थमा फेला पारी पसल सञ्चालक र निजलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ओलानी,  कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट पिपलचौताराबाट जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ क्याम्पस रोड बस्ने बर्ष ३५ को केशब बिष्ट र  जिल्ला डडेलधुरा, आलिताल गा.पा.३ मौरी बस्ने बर्ष २३ को कृष्ण महरालाई ४५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । से ७ प २२६६ नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-११-३०

   कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.६ भरतापुरबाट ९९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २६ को बादल चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । संकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।             कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ बसपार्कबाट ६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला झापा, अर्जुनधारा न.पा.९ खर्बन्दी घर भई हाल भिमदत्त न.पा.८ तिलाचौर स्थित सुन, चाँदी पसलमा कालिगडको काम गर्ने वर्ष ३६ को मानबिर बिश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी बिट बसपार्क, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ गल्ली नम्वर ४ स्थित जिल्ला बैतडी सुर्नया गा.पा.१ घर भई हाल गल्ली नम्वर ४ मा  बर्ष २७ की कुमारी लक्ष्मी चन्दले संचालन गरेको बादशाह क्याफेबाट २ ग्राम ५१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र २ ग्राम ५१० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निज लक्ष्मी चन्द र सोही ठाउँ बस्ने बर्ष २६ की लक्ष्मी सोनाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरुलाई खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट पिपलचौताराबाट जिल्ला कन्चनपुर भिमदत्त न.पा.४ गल्ली नम्वर १ महेन्द्रनगर बस्ने बर्ष २९ को अमित सिंह र  जिल्ला दार्चुला, लेकम गा.पा.२ कैनडा बस्ने बर्ष २० को गोकुलदेब जोशीलाई  २ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । म १ प १६०८ नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो । 

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८२-११-२९

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१५ कनरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६०,९००।- (दुई लाख साठि हजार नौ सय) बराबरको हाडवेयर लगायतका सामान र से ५ प २६२३ नम्बरको मोटरसाइकल सहित मोटरसाइकल चालक जिल्ला कैलाली, कैलारी गा.पा.५ बस्ने बर्ष २८ को खडक बिर चौधरी र मोटरसाइकल पछाडी सवार ऐ. भजनी न.पा.९ बस्ने बर्ष ३७ को रामनारायण चौधरीलाई  बिहीबार दिउँसो प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त मोटरसाइकल, सामान सहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।