प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-१२

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, मोहन्याल गा.पा.६ बिजगडा बस्ने शिकुराम जैशीको काठले बनेको खरले छाएको घर र गोठमा अचानक जंगलमा लागेको आगोबाट मंगलबार साँझतिर आगलागी हुँदा घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी रु. १,६०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

   यसैगरी:- जिल्ला कैलाली, गोदावरी न.पा. ०१ महेन्द्रनगर रोड स्थित जिल्ला कन्चनपुर,कृष्णपुर न.पा.०७  बस्ने प्रेरणा पाण्डेले सञ्चालन गरेको प्रेरणा सपिङ्ग सेन्टरमा मंगलबार राती अचानक आगलागी हुँदा पसल भित्र रहेका सम्पुर्ण समानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । आगलागीबाट भएको क्षतीको विवरण आउन वाँकि रहेको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२१

  कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७४,०५०।– बराबरको पटका, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,४०,५५०।– बराबरको चिनी, मिश्री, मिठाई, नरिवल, विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.६ कालिबगरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,०००।– बराबरको बिडी शुक्रबार प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२०

     कैलाली:- जिल्ला कैलाली जानकी गा.पा. २ बडरिया स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,३०,०००।– बराबरको विभिन्न किसिमका पटाका बिहिबार इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. २,४३,७५०।– बराबरको विभिन्न किसिमका सुर्ति,बिडी,मोबाईलका पार्टपुर्जा र किराना लगायतका सामानहरु  बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।