प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०१-१३

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

     निम्न:-

१. चेक अनादर मुद्दामा रु. २,०००।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १ बस्ने बर्ष ३० को गणेश रावत ।

२. गालि बेइज्जति मुद्दामा जनहि रु १,०००।– जरिवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने वर्ष ६० को बिस्णुलाल आचार्य र  वर्ष ३५ को टिकाराम आचार्य ।

३. ज्यान मुद्दामा १० बर्ष कैद सजाय र रु.१,००,०००।-(एकलाख जरिवाना ) ठहर भएका लम्की चुहा न.पा.३ बस्ने वर्ष ५४ को लालमनी तिमलसेना ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१६

    यसैगरी, कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. २,२१,५९०।– बराबरको विभिन्न किसिमका कपडा, कस्मेटिक,पटाका र किराना लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर :- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२३,३००।–( एकलाख तेईस हजार तिनसय) बराबरको बिडी, डिउ र किराना पसलका सामान लगायत आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१५

    कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३९ मिलिग्राम सहित ऐ.ऐ. बस्ने वर्ष १९ को किरण रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको छ ।               कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा न.११ गड्डाचौकी भाईरल रोड स्थितबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ०.५४ ग्राम सहित जिल्ला कञ्चनपुर शुक्लाफाटा नगरपालिका वडा न. ०५ बस्ने वर्ष २४ की प्रियका सुनार र ऐ.ऐ. बस्ने वर्ष २१ को प्रबिण सुनारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार भारतबाट नेपाल तर्फ पैदल हिडी आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।