प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० जनकल्याण स्कुल नजिकबाट ३ ग्राम २६० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.३ बस्ने १८ बर्षिय किशोर र जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.८ बस्ने बर्ष २१ को समिर वडायकलाई  बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । 

    यसैगरी, गोदावरी न.पा.-२ अत्तरियाबाट १९८.८७ ग्राम अबैंध लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बझाङ, छब्बिस पाथिभरा गा.पा.-७ बस्ने बर्ष ४८ को कलक धामीलाई  बिहीबार प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी न.पा.-२ अत्तरिया स्थित निजले सञ्चालन गरेको अन्नपुर्ण होटलमा खानतलासी गर्दा होटलको भान्सा कोठाबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१३

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ खानेपानी कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४०० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २६ को संजय नेपाली समेत ५ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित जानकी सामुदायिक बन क्षेत्र भित्र लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ७ ग्राम १९० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३४ को अनिल राना र वर्ष २२ को हरि राम रानालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार राति सु.प.प्र.०१-००९ प ९८०३ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.३ बलराम टोलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ६७० मिलिग्राम सहित बेलौरी न.पा.९ अण्डैया बस्ने वर्ष २६ को दिनेश डगौरालाई प्रहरी चौकी झिलमिला, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।