प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली सवारी दर्ता किताब सहित मोटर साईकल र मानिस पक्राउ

२०७८-०६-१३

  • A
  • A-
  • A+
Share

कञ्चनपुर जिल्लाका बिभिन्न स्थानमा  मोटर साईकल चोरी गरी नक्कली कागजात समेत बनाई त्यस्ता मो.सा.हरु किनबेच तथा प्रयोग गर्दै  गरेको भन्ने बिशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय दिपायल तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सयुक्त रुपमा बिशेष अप्रेसन संचालन गरिए पश्रात उक्त गिरोहमा संलग्न  ब्यक्तीहरु पक्राउ गरि थप अनुसन्धान भई रहेको । साथै बिभिन्न कम्पनीका मो.सा.र नक्कली बिलबुकहरु समेत बरामद गरीएको ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।