प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित मानिस पक्राउ

२०८१-०१-१५

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- भिमदत्त नगरपालिका-६ ऐठपुर डेरा गरी बस्ने दार्चुला मालिकार्जुन गाउँपालिका-३ घर भएका ३९ वर्षीय आन सिह साउँद र ३१ वर्षीय गोबिन्द धामीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो माहेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

    कैलाली:- टीकापुर नगरपालिका-१ भुपु कमैया शिविर टोल बस्ने २५ वर्षीय विकास चौधरी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित २ जना मानिस पक्राउ
२०८३-०६-२२

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा स्थित सोही ठाउँ बस्ने वर्ष ३६ की रञ्जना रानाले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,५३,०००।- ( तिन लाख त्रिपन्न हजार ) बराबरको सुटपिस, चुन्नी, अन्य कपडा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो आवश्यक प्रक्रिया पुरा गरी उक्त कपडा सहित निजलाई नियन्त्रणमा लिएको छ ।    यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ त्रिवेणीघाट स्थित सोही ठाउँ बस्ने वर्ष ४५ को जिवन ढुंगानाले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,७०,०००।- ( दुई लाख सत्तरी हजार ) बराबरको टेन्टको पर्दा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार राति आवश्यक प्रक्रिया पुरा गरी उक्त टेन्ट सहित निजलाई नियन्त्रणमा लिएको छ ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ लल्लीपुर घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२२,०००।– बराबरको बोइलर कुखुरा बुधबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी स्थानिय जनप्रतिनिधिको रहोभरमा नष्ट गरेको छ ।

अबैध भन्सार छलिका सामान सहित २ जना मानिस पक्राउ
२०८३-०६-२१

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डको वनदेवि मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,०३,६००।- ( तेह्रलाख तिन हजार छ सय ) बराबरको लेडिज/जेन्स जुत्ता, से १ च ३१९ नम्वरको महेन्द्रा पिकअप जिप सहित चालक बेलौरी न.पा.४ रिछा बस्ने वर्ष ३८ को कुशल चौधरी र सवारी धनी बेलौरी न.पा.६ हात्तीबोझा बस्ने वर्ष ४२ को श्याम सिह रावतलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।          यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८०,०००।– बराबरको विभिन्न किसिमका आयुर्बेदिक औषधी लगायतका सामानहरु मंगलबार राति वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ३४,३५०।– बराबरको पेय पदार्थ, चक्लेट, नमकिन, विभिन्न किसिमका भाँडा वर्तन लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२०

    कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ७८० मिलिग्राम सहित लम्कीचुहा न.पा.१ बस्ने वर्ष २६ को बिशाल विष्ट, ऐ.२ बस्ने वर्ष ३४ को राम बहादुर शाही र ऐ.५ बस्ने वर्ष २१ को बिज्ञान भण्डारीलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ सु.प.प्र.०१-०११ प ६७१४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरु तिनै जनालाई पक्राउ गरेको छ ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा रानागाउँबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को सुरेश रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।