प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान बरामद

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.९ त्रिवेणीघाट, भजनी न.पा. १ ठेगनपुर, र कैलारी गा.पा. ४ के गाँउ जङ्गलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१२,३६०।–बराबरको प्याज,चिनी,सुर्ती,बिडी,चक्लेट,खानेतेल,मटर, JCB ईन्जिन तेल,फिल्टर,मोटरसाईकल थान-१   लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. भिमदत्त न.पा. ९ तुम्डेनी, बेलौरी न.पा. २ बैजुडाडा, ऐ. ६ नकैयाबाट र बेलौरी न.पा.१० भुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६१,३३०।–बराबरको प्याज,चिनी,लेडिज सुट,कपडा,वाईरिङका सामान,जुत्ता, मोटरसाईकलको ट्युव,चेन, हार्डबेयर,किराना  लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण तथा अवलोकन सम्पन्न
२०८३-०६-२७

    कैलालीः- मिति २०८३ साल असोज २७ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्री सानुराम भट्टराईज्यूबाट इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको निरीक्षण तथा अवलोकन सम्पन्न भएको छ।निरीक्षणका क्रममा उहाँले कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै शाखागत कार्यसम्पादन, नागरिक सेवा प्रवाहमा कार्यालयको भूमिका तथा हिरासत कक्षको अवस्थाबारे जानकारी लिनुभयो। सोही क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक श्री गिरासिंह महराज्यूले कार्यालयबाट सम्पादन भइरहेका कार्यहरू, शान्ति सुरक्षा व्यवस्थापन तथा समग्र कार्यसम्पादनका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो।निरीक्षणपश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै प्रहरी नायब महानिरीक्षक भट्टराईज्यूले नागरिकमैत्री, प्रभावकारी तथा गुणस्तरीय प्रहरी सेवा प्रवाहमा जोड दिनुभयो। साथै, आसन्न बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न, सम्भावित आपराधिक गतिविधिको पूर्वसूचना सङ्कलन तथा विश्लेषण गर्न, घटनास्थलमा तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रतिकार्य गर्न र आफ्नो कार्यक्षेत्रमा हुन सक्ने चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित गस्ती तथा पेट्रोलिङलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन र प्रहरी आचरण तथा अनुशासन कायम राख्दै जिम्मेवारी निर्वाह गर्नसमेत निर्देशन दिनुभयो।उक्त निरीक्षण तथा अवलोकनका क्रममा अत्तरिया क्षेत्रका प्रमुख प्रहरी उपरीक्षक श्री नवराज कार्कीज्यू, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक श्री नरेन्द्र चन्दज्यू, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक श्री गिरासिंह महराज्यू, अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२७

   कञ्चनपुरः-  जिल्ला कञ्चनपुर बेदकोट न.पा.१० शिद्धनाथ चोक स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ३२ को यादव शाहुको घरकोठा खाँनतलासी गर्दा कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ६९० मिलिग्राम फेला पारी सोही कोठा भित्र रहेका ऐ.१ बस्ने वर्ष ३० को मुकेस मल्ल र ऐ.३ बस्ने वर्ष ३२ को महेन्द्र चन्द समेत तिनै जनालाई सोमबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट दैजी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान सहित ३ जना मानिस पक्राउ
२०८३-०६-२७

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा गाउँबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेका अन्दाजी मूल्य रु.८९,९५०।- ( उनानब्बे हजार नौ सय पचास) बराबरको भाँडा वर्तन, किरानाका सामान, साइकल थान-३ सहित भारत लखिमपुर खिरी ग्राम पञ्चायत बिनौरा बस्ने वर्ष २२ को वसी साहा, वर्ष २४ को नसिम साहा र वर्ष २० को सुहेल खाँनलाई अस्थायी प्रहरी पोष्ट मनेहरा, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त सामान सहित निजहरु तिनै जनालाई नियन्त्रणमा लिएको छ ।       यसैगरी, कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२८,०३०।– बराबरको साडी, सुटपिस, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।