कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ८ बर्ष ७ महिना पछी पक्राउ
२०७८-०६-१३
- A
- A-
- A+
जिल्ला कैलाली ध. उ.म.न.पा. १ बस्ने वर्ष ४१को सुरेन्द्र बहादुर सिंहलाई मिति २०६८।०८।१८ गते जि.कैलाली ध.न.पा.वडा नं.०८ धनगढी गाउ स्थित दुर्गा मन्दिरमा लागेको मेला हेर्न गएको समयमा ऐ.ऐ. वडा नम्बर १ बस्ने बर्ष ४० को सुर्वण श्रेष्ठ समेतका २ जनाले कुटपिट गरी घाइते बनाई उपचारको क्रममा मृत्यु भएको र सो पश्चात निज दुवै जना फरार रहेकोमा अर्का प्रतिवादीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी सम्मानित कैलाली जिल्ला अदालतबाट जन्म कैद २० बर्ष फैसला भई सकेको र निज सुवर्ण श्रेष्ठ हाल सम्म फरार रहेकोमा खोज तलास गर्ने क्रममा मिति २०७७।०४।१० गते जिल्ला कैलाली ध उ म नपा ९ स्थित लुकिछिपी बसेको अवस्थामा फेलापारी निजलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी आज मिति २०७७।०४।११ गते सम्मानित कैलाली जिल्ला अदालतमा बुझाईएको ।