प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share

    डडेल्धुरा:- जिल्ला डडेल्धुरा, गन्यापधुरा गा.पा.१ रुवाखोला बस्ने उद्वब दियालको २ कोठे १ तले ढुङगा माटोले बनेको जस्ता पाताले छाएको पसलमा नजिकै रहेको लालचुचरे सामुदायिक बनमा लागेको आगोबाट शनिबार दिउँसो आगलागी हुँदा पसलभित्र रहेका खुद्रा, स्टेशनरी,लत्ताकपडा, भाडाँकुडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । आगलागीबाट भएको क्षतिको विवरण आउन वाँकि रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    दार्चुला:- जिल्ला दार्चुला,  शैल्यशिखर न.पा.९ ठुलसैनी बस्ने नरेश दमाईको १ तले १ कोठे खरले छाएको २ वटा कच्ची घरमा जङ्गल लागेको आगोबाट आगोबाट शनिबार साँझतिर आगलागी हुँदा घरभित्र रहेका अन्नपात,भाँडावर्तन,लत्ताकपडा,काठ लगायतका सामानहरु गरि अन्दाजी रु. १०,००,०००।– (दशलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२५

     कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ त्रिबेणी चोक स्थित घरबाट २ के.जी. ५८ मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ६९ को डम्मर बहादुर शाहीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले निजको घर कोठा भित्र खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० स्थित किल्ला नम्बर ४ नजिकबाट जिल्ला कञ्चनपुर, शुँक्लाफाटा न.पा.५ प्रगती टोल बस्ने बर्ष २४ को हरिश भट्टलाई ८३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । से ७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार निजलाई भारतबाट नेपाल तर्फ संकास्पद रुपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुर बस्ने १८ वर्षिय दुई जना किशोरलाई १ ग्राम ७७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोमबार राती प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ संकास्पद रुपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो । 

अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।