प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान बरामद

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ. ३ ब्यारेल र टीकापुर नपा ७ खैरिपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८५,९८५।–बराबरको प्याज,चिनी,मिठाई,बिडी,सुर्ती,खानेतेल,नरिवल,सरफ,धनियाँ,गन्जि,धोती,प्लाष्टिक डोरी, प्राउन नल्ली  लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता,बेलौरी न.पा.१ फटैया,ऐ.२ बैजुडाडा, ऐ.८ कलकत्ता, ऐ.१० भुडा, दोधारा चाँदनी न.पा. ७ टाउके टोल, पुनर्वास न.पा. ११ डोकेबजार र बेलडाँडी गा.पा.३ कमरी चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१९,१२०।–बराबरको प्याज,चिनी,मिठाई,चक्लेट,पास्ता,गहुँ,खानेतेल,पेय पदार्थ,सुर्ती,किटनाषक औषधी,तरकारी, फलाम र काठले बनेका गहु,धान चाल्ने चाल्ला  लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-०१

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.६ चानदेव खोल्टीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १९ ग्राम ६८० मिलिग्राम सहित भिमदत्त न.पा.१८ बस्ने वर्ष २५ को नरेन्द्र डगौरा र वर्ष २५ को डेभिट चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो म २ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर लालझाडी गा.पा. ६ चानदेव बेलडाँडी सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ६८० मिलिग्राम सहित कृष्णपुर न.पा.२ बंक बस्ने वर्ष २६ को दिपक कठायत र वर्ष २३ को दिपश्री पाललाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४८ प ७७७१ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।        कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ सरदार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ९२० मिलिग्राम सहित लम्कीचुहा न.पा.५ बस्ने वर्ष ३२ को प्रकाश शाहीलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी जनकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४२ प २३४८ नम्बरको मोटरसाइकलमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।