प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

    डोटी:- जिल्ला डोटी, जोरायल गा.पा. ६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने बर्ष ६४ को यज्ञ बहादुर छेडाल दह देखी होलिसैन जाने गोरेटो बाटो देखि अन्दाजी २५ फिट तल खोल्सोमा मृत अवस्थामा मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बिपिनगर, डोटीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८१-०२-०२

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०१ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । १. सवारी ज्यान मुद्दामा २०दिन कैद सजाय र रू.२,०००।– जरिवाना ठहर भएका बर्दगोरीया गा.पा.४ बस्ने बर्ष ३० को नरेश    डगौरा ।२. कुटपिट मुद्दामा रू.४९०।-  जरीवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ५० को बिष्णु थापा ।३. चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष १९ को मिलन शाही ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८१-०२-०२

   कञ्चनपुर:- मिति २०८१।०२।०१ गते १४:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नकैयाबाट जिल्ला कैलाली, गोदाबरी न.पा.२ अत्तरीया बस्ने बर्ष २५ को समिर बसुवालाई २.५६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।   यसैगरी, मिति २०८१।०२।०१ गते १५:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ कालोपुलबाट शुक्लाफाटा न.पा १ वन्साह बस्ने बर्ष २१ को पारश बिष्ट र १८ बर्षिय किशोर समेत दुई जनालाई २३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र मोटरसाईकल थान-१ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-०२

  कैलाली:- मिति २०८१।०२।०१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, टिकापुर न.पा.८ कर्मीडाडा स्थित भित्री सडक खण्ड र भजनि न.पा.३ ढुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८३,८८०।–  बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, लेडिज टप्स, कुर्ति सेट, जन्तर,प्लाष्टिक झिल्ली, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   कञ्चनपुर:- मिति २०८१।०२।०२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.९ मटेना, बेलौरी न.पा. १ फटैया, ऐ.८ पचुई इट्टा भट्टा नजिक र कृष्णपुर न.पा.५ गुलरीयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६३,८२१।– बराबरको पेय पदार्थ, खद्यान्न, कट्टु, गन्जी, बिस्कुट, कुरकुरे, सुर्ती, पास्ता, कस्मेटिक सामान, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

फरार प्रतिवादी पक्राउ
२०८१-०२-०१

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा रु.५०,०००।- जरिवाना ठहर भई फरार रहेका बर्दगोरीया गा.पा.४ बस्ने बर्ष २६ को रमेश चौधरीलाई  मिति २०८१।०१।३१ गते इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०१।२३ गतेको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय र २,०००।- जरिवाना ठहर भई फरार रहेका गोदावरी न.पा. २ घर भइ हाल जिल्ला बाँके, कोहलपुर न.पा.११ बस्ने भोज प्रसाद चापागाईलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरी आवश्यक कारवाहीको लागि मिति २०८१।०१।३१ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएको ।