प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली,  गोदावरी न.पा. १२ बस्ने लक्ष्मण वि.क. र श्याम वि.क. को दुईवटा गाँई गोठमा आईतबार दिउँसो अचानक आगलागी हुँदा गाई गोठ पुर्ण रुपमा जली अन्दाजी रु. ५,००,०००।– (पाँचलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    यसैगरी,  बजे लम्कीचुहा न.पा.५ तिलकपुर बस्ने जगती ढोली नेपालीको एक तले एक कोठे काठले बनेको खरले छाएको कच्ची भान्सा घरमा आईतबार साँझतिर अचानक आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यन्न,भाँडा,लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी रु. ९०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो, सोही आगलागीबाट संगै सटेर रहेको ऐ. बस्ने लक्ष्य ढोली नेपालीको दुई तले दुई कोठे काठले बनेको टिन जस्ता पाताले छाएको कच्ची गोठमा समेत आगलागी हुँदा गोठ भित्र रहेका पराल,फल्याक,चौखट लगायतका सामानहरु गरि अन्दाजी रु. ७०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो,  । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ४ बस्ने बिरेन्द्र बहादुर बिष्टको काठले बनेको घरमा आईतबार दिउँसो अचानक आगलागी हुँदा घर पुर्ण रुपमा जलि अन्दाजी रु.१,५०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    अछाम:- जिल्ला अछाम, ढकारी गा.पा.८ देवल बजार बस्ने परिलाल चौलागाईको ढुङ्गा माटो काठले बनेको खरले छाएको समशेर एण्ड प्रतिज्ञा कुखुरा पोल्टि फर्ममा त्रिपुरा सुन्दरी सामुदायिक वनमा लागेको आगोवाट आईतबार आगलागी हुँदा फर्ममा रहेका ४३ दिनका १,२०० वटा ब्रोईलर कुखुरा,२ क्विन्टल कुखुराको दाना,लत्ता कपडा र उक्त फर्म समेत पुर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८३-०६-३०

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८२।०२।१९ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. १,६२,०००।- ( एक लाख बइसठ्ठी हजार )  जरिवाना तोकिएको टीकापुर न.पा.१ ब्लक नं. १२ बस्ने वर्ष ३२ को रोहित कठायतलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०३।०९ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र रु.२७,२००।- ( सत्ताइस हजार दुई सय ) जरिवाना तोकिएको जिल्ला बैतडी, पाटन न.पा.३ टाकुरा घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चटकपुर डेरा गरी बस्ने वर्ष ३५ को दिनेश खत्रीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान सहित ३ जना पक्राउ
२०८३-०६-३०

   कैलाली:- जिल्ला कैलाली वर्दगोरीया गा.पा.१ बौनियाँ चोक स्थित भजनी जाने सडक खण्डमा जानकी गा.पा.५ बस्ने वर्ष ३५ को विपत राम चौधरीले चलाएको सु.प.प्र.००१ ह ४२५३ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४७,१७५।- ( दुई लाख सच्चालिस हजार एक सय पचहत्तर ) बराबरको सानो ठुलो सर्ट सहित अटोमा सवार टिकापुर न.पा.१ बस्ने वर्ष ३८ को राम बहादुर टमाटा र वर्ष ४९ को प्रकाश कुँवर समेत तिनै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि सत्ती भन्सार कार्यालय कैलालीमा पठाएको छ ।         

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-२९

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५२,०००।– बराबरको विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु बुधबार राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८९,४००।– बराबरको चिनी, मिश्री, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       बैतडी:- जिल्ला बैतडी पञ्चेश्वर गा.पा.४ तिमलेखाली स्थित बिनायक जंगलबाट गोप्य सुचनाको आधारमा अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१७,७१०।– बराबरको चिनी, खाने तेल, मिठाई, ध्वजा/नेजा, नरिवल, जिरा, सुर्ति, नटबोल्ड, पेन्ट, पास्ता लगायतका सामानहरु बुधबार दिउँसो इलाका प्रहरी कार्यालय तस्वदेही र प्रहरी चौकी हल्दुविनायक, बैतडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।