प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान बरामद

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ चटकपुर र DK पेट्रोलपम्प,ऐ.७ बेली बजार,टीकापुर न.पा.७ विस्णु कान्ति चोक स्थित भित्री सडक खण्ड र ऐ.९ झुँगा स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२१,४७०।–बराबरको प्याज,बिडी,सुर्ती,प्लाष्टिक झिल्ली,सुटपिस,सिद्रा माछा, ई-रिक्सा मिटर बक्स,नल्का को डोल्ची ,पाना बक्स, टि-सकेट,पलम्बु,सकेट,डिटिसि वाल,तरभुजा  लगायतका सामानहरु सोमबार प्रदेश प्रहरी कार्यालय धनगढी,जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२५

    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८,१५,७००।– बराबरको चिनी, साडी, सुटपिस, थानकपडा, बिस्कुट, किराना लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।          कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.९ बंग्राकटानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,५५०।– बराबरको कटन कपडा, लेहेङ्गा, पेटिकोट कपडा, साडीको बुट्टा, जरी, माला, सिसाको सिक्का लगायतका सामानहरु बुधबार अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२५

     कैलाली:-  जिल्ला कैलाली लम्कीचुहा न.पा. ४ खल्लाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३०० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल २९ ट्याब्लेट, एविल २८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने वर्ष २२ को शंकर देउवा र वर्ष २० को पुर्ण बहादुर चन्दलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुर स्थित लिटिल स्टार स्कुल नजिकबाट गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४२० मिलिग्राम सहित जिल्ला डोटी, दिपायल सिलगढी न.पा.८ लडागडा घर भई हाल कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुर कोठा गरि बस्ने वर्ष २३ को रमेश कुञ्जेडालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२४

    कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ६९० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २३ को शिब्जु रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       दार्चुला:-  जिल्ला दार्चुला महकाली न.पा.४ खलङ्गा बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ५ ग्राम सहित सोही न.पा.२ पनौडा घर भई हाल ऐ.४ बाङ्गाबगड बस्ने १८ वर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 

अवैध भन्सार छलिका सामान सहित ९ जना मानिस पक्राउ
२०८३-०५-२४

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,०००।– बराबरको चिनी, दाल, खाने तेल, सोनपापडी, किराना लगायतका सामान सहित बेदकोट न.पा.१० बस्ने वर्ष ३२ की ज्योती डगौरा, वर्ष २४ की सोनु डगौरा, बर्ष २० की नेहा चौधरी, भिमदत्त न.पा.२ बस्ने वर्ष ३५ की तारा कुँवर, वर्ष ४० की भावना चन्द, ऐ.८ बस्ने वर्ष ३५ की लक्ष्मी नेपाली, ऐ.१९ बस्ने वर्ष २४ की पशुपती धामी, वर्ष ४० की बिमला चन्द र वर्ष ३५ की मिना धामी समेत ९ जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गडडाचौकी, कञ्चनपुर पठाइएको छ ।             कैलाली:- कैलाली जिल्लाको भजनी न.पा.५ मिलनपुर र हलौनाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५५,०००।– बराबरको सुटपिस, लसुन, धनियाँ लगायतका सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।