प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान बरामद

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ चटकपुर र DK पेट्रोलपम्प,ऐ.७ बेली बजार,टीकापुर न.पा.७ विस्णु कान्ति चोक स्थित भित्री सडक खण्ड र ऐ.९ झुँगा स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२१,४७०।–बराबरको प्याज,बिडी,सुर्ती,प्लाष्टिक झिल्ली,सुटपिस,सिद्रा माछा, ई-रिक्सा मिटर बक्स,नल्का को डोल्ची ,पाना बक्स, टि-सकेट,पलम्बु,सकेट,डिटिसि वाल,तरभुजा  लगायतका सामानहरु सोमबार प्रदेश प्रहरी कार्यालय धनगढी,जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
ढुङगा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
२०८१-०२-०३

   कञ्चनपुर:- मिति २०८१।०२।०२ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ बिद्यानगर बस्ने बर्ष ६४ को लक्षि चन्द सोही ठाउँ स्थित बाटोमा हिडीरहेको अवस्थामा अपरिचित ब्यक्तिले गरेको ढुङगा प्रहारबाट गम्भिर घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी हुँदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको, ढुङ्गा प्रहार गर्ने व्यक्ति बर्ष ३५ को महेश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले ०४:३० बजेको समयमा सोही नगरपालिका स्थित दुङ्लीबाट पक्राउ गरेको, घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  ।

फरार प्रतिवादी पक्राउ
२०८१-०२-०३

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । १. बिना ईजाजत वनपैदावार ओसार पसार मुद्दामा रु. ३३,८५३।– जरिवाना ठहर भएका बर्दगोरिया गा.पा.५ बस्ने बर्ष २८   को कर्ण बहादुर        कार्की ।२. बिना ईजाजत वनपैदावार ओसार पसार मुद्दामा रु.२५,१९७।– जरिवाना ठहर भएका बर्दगोरिया गा.पा.१ बस्ने बर्ष ४४ को  कमलेस             कुमार  कठरिया ।३. चोरी मुद्दामा रु.५,२००-। जरिवाना ठहर भएका गोदावरी न.पा.२ बस्ने बर्ष २१ को गणेश पार्की ।४. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा. २ बस्ने बर्ष ३२ कि निलम जोशी ।५. चेक अनादर मुद्दामा रु.५००।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.५ बस्ने बर्ष ३३ को चक्र बहादुर कलेल ।

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-०३

   कैलाली:- मिति २०८१।०२।०२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह र टीकापुर न.पा.९ पुरानो भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२५,२००।–  बराबरको चिनी, बच्चाको समिज, सुटपिस, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   कञ्चनपुर:- मिति २०८१।०२।०२ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.५ सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,४९०।–  बराबरको मिश्री, धानको बिउ, चरी घाँसको बिउँ र भाडा धुने साबुन लगायतका सामानहरु वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

फरार प्रतिवादी पक्राउ
२०८१-०२-०२

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०१ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । १. सवारी ज्यान मुद्दामा २०दिन कैद सजाय र रू.२,०००।– जरिवाना ठहर भएका बर्दगोरीया गा.पा.४ बस्ने बर्ष ३० को नरेश    डगौरा ।२. कुटपिट मुद्दामा रू.४९०।-  जरीवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ५० को बिष्णु थापा ।३. चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष १९ को मिलन शाही ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८१-०२-०२

   कञ्चनपुर:- मिति २०८१।०२।०१ गते १४:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नकैयाबाट जिल्ला कैलाली, गोदाबरी न.पा.२ अत्तरीया बस्ने बर्ष २५ को समिर बसुवालाई २.५६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।   यसैगरी, मिति २०८१।०२।०१ गते १५:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ कालोपुलबाट शुक्लाफाटा न.पा १ वन्साह बस्ने बर्ष २१ को पारश बिष्ट र १८ बर्षिय किशोर समेत दुई जनालाई २३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र मोटरसाईकल थान-१ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।