प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नदीमा डुबी बेपत्ता

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, मोहन्याल गा.पा. २ बस्ने बर्ष ३४ को दिल बहादुर तंलानी  पिपलसैनी स्थित कर्णाली नदिमा नुहाउने क्रममा सोमबार दिउँसो डुबी बेपत्ता भएका छन । निज डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पण्डौन, कैलालीबाट प्रहरी टोली खटिई गई निजको खोजतलासका साथै आवश्यक अनुसन्धान भइहेको छ ।  

    डोटी:- जिल्ला डोटी, शिखर न.पा. ८ लुवाखडी स्थित धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १५३४ नम्बरको  अल्टो कार लुवाखडी स्थित सडकमा रोकी चालक जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ बस्ने बर्ष अन्दाजी ३८/४० को नर बहादुर तामाङ सेती नदिको किनारमा नुहाउने क्रममा सोमबार दिउँसो डुबी बेपत्ता भएका छन । निज डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटी समेतबाट प्रहरी टोली खटिई गई निजको खोजतलासका साथै आवश्यक अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।