प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नदीमा डुबी बेपत्ता

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, मोहन्याल गा.पा. २ बस्ने बर्ष ३४ को दिल बहादुर तंलानी  पिपलसैनी स्थित कर्णाली नदिमा नुहाउने क्रममा सोमबार दिउँसो डुबी बेपत्ता भएका छन । निज डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पण्डौन, कैलालीबाट प्रहरी टोली खटिई गई निजको खोजतलासका साथै आवश्यक अनुसन्धान भइहेको छ ।  

    डोटी:- जिल्ला डोटी, शिखर न.पा. ८ लुवाखडी स्थित धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १५३४ नम्बरको  अल्टो कार लुवाखडी स्थित सडकमा रोकी चालक जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ बस्ने बर्ष अन्दाजी ३८/४० को नर बहादुर तामाङ सेती नदिको किनारमा नुहाउने क्रममा सोमबार दिउँसो डुबी बेपत्ता भएका छन । निज डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटी समेतबाट प्रहरी टोली खटिई गई निजको खोजतलासका साथै आवश्यक अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।