प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान सहित मानिस नियन्त्रणमा

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०१।१६ गते साँझ १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ स्थित हरि ओम हार्डबेयर एण्ड सप्लायर्सले अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका चोरी पैठारीका सामानहरु बिक्रि वितरण गर्ने गरेको भन्ने सुचनाको आधारमा आईतबार साँझ तिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले देश भारत, जिल्ला लखिमपुर, पलिया कला खिरी स्थायी घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ४४ को आशिष गुप्ताको उक्त हार्डवेयरको गोदाममा भारतिय Up31 T 7711 नम्बरको ट्रक बाट अनलोड गर्दै गरेको अवस्थामा Concrete mixture machine-१ सेट, Disk doll maker -७ सेट, Cultivate -३ सेट, Cultivator catch wheel-१ सेट (२ पिस), Pumping set 8th HP complete-१ पिस, Dhal knife ५२ सेट, Rubber strip १६ बण्डल,Harrow Tyre 6.00-14 -४ पिस, Auto rickshaw Tyre ६६ पिस, Fatta pipe १०० बण्डल, Grease ३० कार्टुन, Engine oil ५ कार्टुन र उक्त नम्बरको ट्रक थान -१ सहित  अन्दाजी मूल्य रु.४०,०४०००।-(चालिस लाख चार हजार) बराबरको हार्डवयरका सामानहरु फेला पारी नियन्त्रणमा लिएको छ । उल्लेखित सामान र ट्रक सहित मानिसलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको ।

    कञ्चनपुर:- मिति २०८१।०१।१७ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ बासपार्क र ऐ.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,१८,५९०।- बराबरको चिनी, ईन्जन तेल, युरिया मल, पशु आहार, चुरा, खाने तेल, किरानाका सामान, कस्मेटिक सामान, JCB पार्ट्स, बाल्टिन, जीम पाउडर, सिल्भर कडाई, सिल्भर फ्राईबिन, सिल्भर डेक्ची लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको  ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८३-०७-१३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    १. सवारी ज्यान मुद्धामा ६ महिना कैद सजाय  र रु.२,०००।–( दुई हजार) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ३ बस्ने वर्ष ३४ को बुधराम थारु ।   २. बैङ्किङ कसुर मुद्धामा ५ दिन कैद सजाय  र रु. ४,००,०००।–( चार लाख ) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ५ बस्ने वर्ष ३० को प्रदिप कुमार चौधरी ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१२

कैलाली:- जिल्ला कैलाली भजनी न.पा.५ कुटीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८१,७००।– बराबरको विभिन्न किसिमका भाँडा वर्तन, वच्चाका खेलौना, कस्मेटिक लगायतका सामानहरु बुधबार वेलुकी इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७,५६,८५०।– बराबरको विभिन्न किसिमका कपडा, बिडी, सुर्ति, पटका, मिठाई, मोबाईल डिस्प्ले, मोबाईल चार्जर, मोबाईल ग्लास, एयर फोन, स्मार्ट वाच (घडी), मोबाईल ब्याट्री, मोबाईल स्पिकर, माछा, बोइलर कुखुरा लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१२

      कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ मरियाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ७ सय २० मिलिग्राम सहित टीकापुर न.पा.३ बस्ने वर्ष १९ को सुमित सुनार र वर्ष २० को अभिषेक बि.क.लाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो से ४ प ७२४२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     यसैगरी, जिल्ला कैलाली भजनी न.पा.५ पगियापसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २१ को दिपक बुढा र १७ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ से ७ प ७४२ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित जोशीपुर गा.पा.१ बस्ने वर्ष २९ को नराज चौधरी, वर्ष २१ को अनुप चौधरी, १८ वर्षिय किशोर र ऐ.३ बस्ने वर्ष २२ को प्रेम चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गएराति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।