प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान सहित मानिस नियन्त्रणमा

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०१।१६ गते साँझ १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ स्थित हरि ओम हार्डबेयर एण्ड सप्लायर्सले अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका चोरी पैठारीका सामानहरु बिक्रि वितरण गर्ने गरेको भन्ने सुचनाको आधारमा आईतबार साँझ तिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले देश भारत, जिल्ला लखिमपुर, पलिया कला खिरी स्थायी घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ४४ को आशिष गुप्ताको उक्त हार्डवेयरको गोदाममा भारतिय Up31 T 7711 नम्बरको ट्रक बाट अनलोड गर्दै गरेको अवस्थामा Concrete mixture machine-१ सेट, Disk doll maker -७ सेट, Cultivate -३ सेट, Cultivator catch wheel-१ सेट (२ पिस), Pumping set 8th HP complete-१ पिस, Dhal knife ५२ सेट, Rubber strip १६ बण्डल,Harrow Tyre 6.00-14 -४ पिस, Auto rickshaw Tyre ६६ पिस, Fatta pipe १०० बण्डल, Grease ३० कार्टुन, Engine oil ५ कार्टुन र उक्त नम्बरको ट्रक थान -१ सहित  अन्दाजी मूल्य रु.४०,०४०००।-(चालिस लाख चार हजार) बराबरको हार्डवयरका सामानहरु फेला पारी नियन्त्रणमा लिएको छ । उल्लेखित सामान र ट्रक सहित मानिसलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको ।

    कञ्चनपुर:- मिति २०८१।०१।१७ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ बासपार्क र ऐ.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,१८,५९०।- बराबरको चिनी, ईन्जन तेल, युरिया मल, पशु आहार, चुरा, खाने तेल, किरानाका सामान, कस्मेटिक सामान, JCB पार्ट्स, बाल्टिन, जीम पाउडर, सिल्भर कडाई, सिल्भर फ्राईबिन, सिल्भर डेक्ची लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको  ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८३-०६-३०

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८२।०२।१९ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. १,६२,०००।- ( एक लाख बइसठ्ठी हजार )  जरिवाना तोकिएको टीकापुर न.पा.१ ब्लक नं. १२ बस्ने वर्ष ३२ को रोहित कठायतलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०३।०९ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र रु.२७,२००।- ( सत्ताइस हजार दुई सय ) जरिवाना तोकिएको जिल्ला बैतडी, पाटन न.पा.३ टाकुरा घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चटकपुर डेरा गरी बस्ने वर्ष ३५ को दिनेश खत्रीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान सहित ३ जना पक्राउ
२०८३-०६-३०

   कैलाली:- जिल्ला कैलाली वर्दगोरीया गा.पा.१ बौनियाँ चोक स्थित भजनी जाने सडक खण्डमा जानकी गा.पा.५ बस्ने वर्ष ३५ को विपत राम चौधरीले चलाएको सु.प.प्र.००१ ह ४२५३ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४७,१७५।- ( दुई लाख सच्चालिस हजार एक सय पचहत्तर ) बराबरको सानो ठुलो सर्ट सहित अटोमा सवार टिकापुर न.पा.१ बस्ने वर्ष ३८ को राम बहादुर टमाटा र वर्ष ४९ को प्रकाश कुँवर समेत तिनै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि सत्ती भन्सार कार्यालय कैलालीमा पठाएको छ ।         

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-२९

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५२,०००।– बराबरको विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु बुधबार राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८९,४००।– बराबरको चिनी, मिश्री, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       बैतडी:- जिल्ला बैतडी पञ्चेश्वर गा.पा.४ तिमलेखाली स्थित बिनायक जंगलबाट गोप्य सुचनाको आधारमा अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१७,७१०।– बराबरको चिनी, खाने तेल, मिठाई, ध्वजा/नेजा, नरिवल, जिरा, सुर्ति, नटबोल्ड, पेन्ट, पास्ता लगायतका सामानहरु बुधबार दिउँसो इलाका प्रहरी कार्यालय तस्वदेही र प्रहरी चौकी हल्दुविनायक, बैतडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।