प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानिमा डुबी मृत्यु

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०१।१७ गते १७:२५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.८ स्थित हाटखोली खोलामा जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ उत्तरबेहडी बस्ने लक्ष्मण चौधरीको छोरा बर्ष अन्दाजी १२/१३ को राजिव चौधरीको नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेती, कैलाली समेतबाट प्रहरी टोली खटिई गई निजलाई मृत अवस्थामा फेला पारेको ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-०९

    कैलाली:- जिल्ला कैलाली भजनी न.पा.७ करुवाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,३०,०००।– बराबरको फुटबल जुत्ता बिहीबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७६,८००।– बराबरको पेय पदार्थ, चिनी, बिडी, सुर्ति, नमकिन, चक्लेट, पटका लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।