प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।११।२७ गतेको फैसलाले चोरी सम्बन्धी कसूर मुद्दामा १ बर्ष कैद सजाय र रु १२,०००।- जरिवाना भई फरार रहेका जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.१० झलारी बस्ने बर्ष २४ को अर्जुन ऐरलाई मिति २०८१।०१।१६ गते ईलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले झलारी बजारबाट पक्राउ गरि सम्मानित जिल्ला अदालत समक्ष पेश गरेको  ।  


सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२९

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ तिल्के ताल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६१,८००।– बराबरको मिठाइमा प्रयोग हुने सामान, दुध पाउडर लगायतका सामानहरु शनिबार वेलुकी प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.३ रामबस्तीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५२,८५०।– बराबरको पेय पदार्थ, विस्कुट, चक्लेट, फलफुल, तरकारी, सरप, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले वेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।