प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।११।२७ गतेको फैसलाले चोरी सम्बन्धी कसूर मुद्दामा १ बर्ष कैद सजाय र रु १२,०००।- जरिवाना भई फरार रहेका जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.१० झलारी बस्ने बर्ष २४ को अर्जुन ऐरलाई मिति २०८१।०१।१६ गते ईलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले झलारी बजारबाट पक्राउ गरि सम्मानित जिल्ला अदालत समक्ष पेश गरेको  ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-०७

कैलाली:- मिति २०८१।०२।०६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयावेहडी, गोदावरी न.पा.१ पाठक पेट्रोल पम्प पछाडी र भजनी न.पा.०८ खैराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८८,९९४।– बराबरको चिनी, बिडी, सुर्ती, साबुन, इन्जनको पाता, धानको बिउ, प्लाष्टिक डोरी, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।कञ्चनपुर:- मिति २०८१।०२।०६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ बस्पार्क, पुनर्वास न.पा.११ डोकेबजार, दोधारा चाँदनी न.पा.३ पुर्णागिरी टोल र बेलडाँडी गा.पा.५ थाताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,७९,९५०।– बराबरको दाल, मिठाई, सुर्ती, प्लाष्टिक झिल्ली, इन्जिन बेरिङ, CUN रड, DAP मल, युरिया मल, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८१-०२-०७

 कैलाली:- मिति २०८१।०२।०६ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, जानकि गा.पा.६ स्ववर्णपुर स्थित डुडेझारि सडक खण्ड बाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २७ को अमृत थापालाई ३०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।   यसैगरी,  मिति २०८१।०२।०६ गते २२:३५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिभुवनचोकबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने १७ र १८ बर्षिय किशोरलाई १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।