प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-२०

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०१।१९ गते १७:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ कालोपुलबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ धनगढीगाउ बस्ने बर्ष २८ को ओमप्रकाश चौधरीलाई पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा २.३५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको । 

   यसैगरी, मिति २०८१।०१।१९ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीको होल्डिङ्ग सेन्टर /७ नम्बर पिल्लर नजिकबाट ऐ.१९ बस्ने बर्ष २० को अरुण रानालाई भारतबाट नेपाल आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा २.८२ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको । 

   बाजुरा:- मिति २०८१।०१।१९ गते १७:०० बजेको समयमा जिल्ला बाजुरा, बुढिगंगा न.पा ६ फालासैनबाट ऐ.५ बस्ने बर्ष २५ को बिनोद थापाले लागू औषध (खैरो हिरोईन) को कारोबार बिक्रि बितरण गर्ने गरेको छ भन्ने गोप्य सुचानाको आधारमा निजलाई चेकजाँच गर्दा ४ ग्राम ९७ मिलिग्राम औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रु.३६,२८०।- सहित नियन्त्रणमा लिईएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ
२०८२-१०-१६

    अछाम:- मिति २०८२।१०। १५ गते १६:५० बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.४ छिपेखोला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी जिल्ला पर्सा, पकाहा मैनपुर गा.पा. ५ बस्ने बर्ष ३१ को उमेश रायले जिल्ला अछाम, साँफेबगर न.पा.५ नौंठाना बस्ने बर्ष ४० की सत्यदेवी कुँवरको घाटीमा लगाएको १२.१७ ग्रामको सुनको सिक्रि चोरी गर्ने क्रममा निज उमेश रायलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अबैध लागूऔषध सहित १० जना मानिस नियन्त्रणमा
२०८२-१०-१६

     कञ्चनपुर:-  मिति २०८२।१०।१५  गते २१:०० बजेको समयमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१३ बडैपुर स्थित खर प्लाष्टिक र काठबाट बनेको खाली झुपडीबाट सोही ठाउँ बस्ने बर्ष २४ को प्रदिप लुहार समेत १० जनालाई उक्त झुपडीको कोठा भित्र बसी लागूऔषध सेवन तथा कारोबार गरि रहेको अवस्थामा फेला पारि निजहरुको शरिर तथा झुपडी खानतलासी गर्दा ११.३७ (एघार दशमलव सैतिस) ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ५ वटा प्रतिवन्धित क्याप्सुल र लागूऔषधमा प्रयोग हुने अन्य सामानहरु सहित फेला पारी उक्त लागूऔषध र सामानहरु सहित निजहरु दश जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-१५

       कैलाली :- मिति २०८२।१०।१४ गते जिल्ला कैलाली टीकापुर न.पा.९ ठोसेबजार स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,१००।–बराबरको फलामको कराई,स्टिल परात,कचौरा लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।        कञ्चनपुर :- मिति २०८२।१०।१४ गते जिल्ला कञ्चनपुर भि.न.पा.११ भुजेला स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०५,७४०।–बराबरको हाडबेयर,मोबाईल कभर र किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

फरार प्रतिबादी पक्राउ
२०८२-१०-१५

     कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १९ दिन कैद र रु. २,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा.४ माघी बस्ने बर्ष ४८ को बुद्धिराम चौधरीलाई  इलाका प्रहरी कार्यालय सुखड,कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१४  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।     कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले बहु बिवाह मुद्दामा  १ वर्ष कैद र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा.५ देखतभुली बस्ने बर्ष ४५ को सुरत कठायतलाई  इलाका प्रहरी कार्यालय झलारी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१४  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।