प्रहरी कार्यालय
कैलाली:-जिल्ला कैलाली, घोडाघोडी न.पा. १० पहलमानपुर बस्ने बर्ष ३१ को गजेन्द्र रोकायाको घरमा जुवातास खेलिरहेको अवस्थामा निज सहित १२ जनालाई बुधबार बिहान ३ बजेतिर प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.६८,६७५।- र २ गड्डी तास सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।