जुवातास खेलिरहेको अवस्थामा बाह्र जना पक्राउ
२०८०-०६-२४
- A
- A-
- A+
कैलाली:-जिल्ला
कैलाली, घोडाघोडी न.पा. १० पहलमानपुर बस्ने बर्ष ३१ को गजेन्द्र रोकायाको घरमा जुवातास
खेलिरहेको अवस्थामा निज सहित १२ जनालाई बुधबार बिहान ३ बजेतिर प्रहरीले पक्राउ
गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको
प्रहरीले उनीहरूलाई नगद रु.६८,६७५।- र २ गड्डी तास सहित उनीहरुलाई पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।