फरार प्रतिवादी पक्राउ
२०८१-०१-१५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५ दिन कैद सजाय र रु.१,५०,०००।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, गोदावरी न.पा.३ बस्ने बर्ष ३० को सुमन ताम्रकारलाई शुक्रबार दिउँसो अस्थायी प्रहरी पोष्ट चौकीडाँडा,कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।