प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : झगडा/ अशान्ति
चट्याङबाट मानिस घाईते र चौपायाको मृत्यु
२०८०-०३-०७

बैतडी:- मिति २०८०।०३।०६ गते राति जि.बैतडी पुर्चौडी न.पा..वडा नं.०१ कनेडापानी बस्ने प्रेमसिह भन्डारीको घर नजिकै रहेको बिधुतको तारमा चट्टयाङ पर्न गई निजको घर गोठमा बाधेका २ ओटा भैसी एउटा बाख्राको मृत्यु भएको छ । साथै उक्त चट्याङबाट दुई ओटा मोबाईल, बिधुतको मिटर बक्स, सम्पुर्ण घरको वाईरिङ तार जली नष्ट भएको छ ।   दार्चुला:- मिति २०८०।०३।०७ गते बिहानतिर  जि.दार्चुला महाकाली न.पा.९ थाप्ला स्थित ऐ.ऐ.बस्ने नरेश सिंह धामीको घरमा चट्याङ लागि निजको गोठभित्र रहेको भैंसी-१ को मृत्यु भएको र निजकै श्रीमती बर्ष अं. २८ की कौशा देवी धामीको दाहिने हात, खुट्टा झमझमाई रहेको, स्थानिय थाप्ला स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।