प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चट्याङबाट मानिस घाईते र चौपायाको मृत्यु

२०८०-०३-०७

  • A
  • A-
  • A+
Share

बैतडी:- मिति २०८०।०३।०६ गते राति जि.बैतडी पुर्चौडी न.पा..वडा नं.०१ कनेडापानी बस्ने प्रेमसिह भन्डारीको घर नजिकै रहेको बिधुतको तारमा चट्टयाङ पर्न गई निजको घर गोठमा बाधेका २ ओटा भैसी एउटा बाख्राको मृत्यु भएको छ । साथै उक्त चट्याङबाट दुई ओटा मोबाईल, बिधुतको मिटर बक्स, सम्पुर्ण घरको वाईरिङ तार जली नष्ट भएको छ ।   

दार्चुला:- मिति २०८०।०३।०७ गते बिहानतिर  जि.दार्चुला महाकाली न.पा.९ थाप्ला स्थित ऐ.ऐ.बस्ने नरेश सिंह धामीको घरमा चट्याङ लागि निजको गोठभित्र रहेको भैंसी-१ को मृत्यु भएको र निजकै श्रीमती बर्ष अं. २८ की कौशा देवी धामीको दाहिने हात, खुट्टा झमझमाई रहेको, स्थानिय थाप्ला स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।