प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चट्याङबाट मानिस घाईते र चौपायाको मृत्यु

२०८०-०३-०७

  • A
  • A-
  • A+
Share

बैतडी:- मिति २०८०।०३।०६ गते राति जि.बैतडी पुर्चौडी न.पा..वडा नं.०१ कनेडापानी बस्ने प्रेमसिह भन्डारीको घर नजिकै रहेको बिधुतको तारमा चट्टयाङ पर्न गई निजको घर गोठमा बाधेका २ ओटा भैसी एउटा बाख्राको मृत्यु भएको छ । साथै उक्त चट्याङबाट दुई ओटा मोबाईल, बिधुतको मिटर बक्स, सम्पुर्ण घरको वाईरिङ तार जली नष्ट भएको छ ।   

दार्चुला:- मिति २०८०।०३।०७ गते बिहानतिर  जि.दार्चुला महाकाली न.पा.९ थाप्ला स्थित ऐ.ऐ.बस्ने नरेश सिंह धामीको घरमा चट्याङ लागि निजको गोठभित्र रहेको भैंसी-१ को मृत्यु भएको र निजकै श्रीमती बर्ष अं. २८ की कौशा देवी धामीको दाहिने हात, खुट्टा झमझमाई रहेको, स्थानिय थाप्ला स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०१

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नम्बर १४  बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ११० मिलिग्राम र लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही न.पा.९ बस्ने बर्ष २० को पुष्प साउद समेत ६ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष ३० को कुबेर बनलाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।